एमालेले फागुन ६ र ७ गते प्रशिक्षण भेला गर्ने, को-को हुँदैछन् सहभागी ?

काठमाडौं।  नेकपा (एमाले) बाग्मती प्रदेशले फागुन ६ र ७ गते प्रशिक्षण भेलाको आयोजना गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा केन्द्रीय स्कूल विभागसँगको सहकार्यमा काठमाडौंमा प्रशिक्षण भेला आयोजना गरिएको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले जानकारी दिए।

उनले प्रदेश परिपत्रमार्फत भेलामा बाग्मती प्रदेशभित्रका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, जिल्ला कमिटीका पदाधिकारीहरु, नगरपालिका मेयर /उपमेयर, गाउँपालिकाका प्रमुख/ उपप्रमुखहरुलाई सहभागिता हुन निर्देशन दिएका छन्।

एमालेले प्रदेश कमिटीको अधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्ने भएको छ। माघ २८ र २९ गते तोकिएको ७ वटै प्रदेशको अधिवेशन एमालेको केन्द्रीय सचिवालय बैठकले स्थगत गर्ने निर्देशन दिएको हो। यस अगाडि पनि कोरोना भाइरस संक्रमण बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले प्रदेश अधिवेशनको मिति तोकेर पनि स्थगित भएको थियो।

Advertisement