बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबीच झडप भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा परी पाँच जना अनेरास्ववियुका नेता कार्यकर्ता घाइते भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यामराज पाण्डेले जानकारी दिए ।

झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।

Advertisement