आज मन्त्रिपरिषद् बैठक बस्ने, चुनावकाे मिति ताेक्ने तयारी

प्रधानमन्त्री ।  शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आजकाे मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । हिजाे आइतबार बसेकाे तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिएका थिए ।

स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।

Advertisement