April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

उपत्यकामा जोर बिजोर हट्यो, फागुन १ देखि विद्यालय खुल्ने, के-के गर्न पाइन्छ ? (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा ल्याइएको निर्णय भएको छ ।

Advertisement

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।

त्यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जनाभन्दा बढी भेला नहुने भनिएको छ भने पार्टी प्‍यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाईमा बनढ्‍ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।