३१७५ संक्रमित थपिँदा ८७२३ जना निको : थप १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६०५ जना नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

Advertisement

सोही अवधीमा थप ८७२३ जना निको भएका छन् । संक्रमणको कारण थप १४ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ६३ हजार २९६ पुगेको छ । एकैदिनमा २ लाख ६६ हजार जनाले कोभिडविरुद्ध खोप लगाएका छन् ।

काठमाडौंमा १२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जना संक्रमित पुष्टि भएका छन् ।