अभिभावकको सम्झनामा बालबालिकालाई झोला वितरण

अभिभावकको सम्झनामा परिवारजनले बालबालिकालाई झोला वितरण गरेका छन् । कैलालीको टीकापुर–८ स्थित राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सूर्यपुरमा कक्षा १ र २ मा अध्ययनरत ६६ बालबालिकालाई झोला, कापी तथा किताब वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्व गोरेबहादुर ठकुल्लाकी पत्नी नन्दा ठकुल्लाले बालबालिकालाई विद्यालय सामग्री वितरण गर्नुभएको हो । “विद्यालयका अभिभावक र घरका अभिभावकलाई सम्झनका लागि बालबालिकाको शिक्षामा सहयोग होस् भनी आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हौँ,” स्व गोरेबहादुरकी श्रीमती नन्दाले भन्नुभयो । झोलासहितका सामग्री वितरण गर्दै समाजसेवी जङ्गबहादुर साउँदले सामग्री वितरण गरेर आफ्ना अभिभावक सम्झने संस्कारले अरूलाई पनि प्रेरणा दिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतराम चौधरीले साना साना सहयोगले बालबालिकालाई शिक्षा आर्जनमा सहज हुने र हौसला बढ्ने बताउनुभयो ।

Advertisement