April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुपर्ने बताउनुभयो ।

आइतबार अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तर्क्रियामा उहाँले सरकारको हरेक क्षेत्रमा नालयकीपन देखिएको टिप्पणी समते गर्नुभयो । अब उपचार र अक्सिजन दिन सम्भव छैन् उपचार भनेर सरकारले नालयकीपन प्रस्तुत गरेको समेत टिप्पणी गर्नुभयो ।

पार्टीको तर्फबाट र सरकार रहेका ठाउँमा कोभिड–१९ का विषयमा पहल गरिरहेको पनि बताए । देशभित्र र बाहिर रहेका प्रतिक्रियावादहरू माओवादीलाई कर्नरमा कसरी पार्ने भनेर लागेको उहाँको भनाइ थियो । उहाँले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्नुपर्ने पनि बताउनुभयो । उहाँले छिट्टै केन्द्रीय कमिटी बैठक बस्ने बताउनुभयो ।

Advertisement