March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज)बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

Advertisement

यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।

यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्रणका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।

यसैगरी कांग्रेसको आसन्न महाधिवेशन तोकिएको समयमै गर्ने र यसका लागि महामारीसँग जुध्न आवश्यक स्वास्थ्यका मापदण्ड पालना गरी तोकिएका काम जारी राख्ने निर्णय गरेको सहमहामन्त्री महतले जानकारी दिनुभयो ।