April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

प्रचण्ड-नेपाल समूहको आमसभा सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध देशभर विरोध प्रदर्शन आयोजना गरेको प्रचण्ड-नेपाल समूहको आमसभा सुरु भएको छ ।

Advertisement

उपत्यकाका विभिन्न १३ ठाउँबाट सुरु भएका जुलुस प्रदर्शनीमार्गमा बनाइएको आमसभास्थल पुग्ने क्रम जारी छ । बागबजार, टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, कुपण्डोललगायत स्थानबाट जुलुस निकालिएको छ ।

आमसभालाई पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरेको विषयमा आमसभाबाट स्पष्ट पार्ने सो पक्षले जनाएको छ ।