April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेपाल पर्यटन बोर्डद्वारा पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी) अन्तर्गत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल आयोजना गरेको हो ।

Advertisement

बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्ग निर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो । आज यहाँ आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा धनन्जय रेग्मीले कोभिड–१९ को सङ्क्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक काम गरेको जानकारी दिनुभयो ।

पछिल्लो परिस्थितिमा पनि नयाँ रणनीतिका साथ काम गर्नुपर्ने अवस्था आएको बताउँदै उहाँले थप्नुभयो, “कोभिड– १९ का कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक काम ग¥र्यौँ । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवद्र्धनमा सामाजिक जागरणका कार्य, टाभल प्रोटोकल अपडेटजस्ता कार्य निरन्तर ग¥र्यौँ जसको कारण बोर्डले बेलायतमा वण्डरलस्ट अवार्ड प्राप्त ग¥यो ।”

उहाँले एसटीएलआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना भएको, १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकल मार्ग निर्माण, ७५ किलोमिटर पदर्मागको पुनःनिर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिनुभयो ।

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजङ्घादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब पाँच हजार मिटर उचाइसम्म काम गरेको थियो ।

कार्यक्रममा युएनडिपीका आवासीय प्रतिनिधि आइसोनी लावेले नेपाल पर्यटन बोर्डको सुरुआती चरणदखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजनाअन्तर्गत गरेका काम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रकै विकासका लागि युएनडीपीले गण्डकी र सुदूरपश्चिम प्रदेशसँग पनि सहकार्य गरी काम अगाडि बढाइएको पनि जानकारी दिनुभयो ।

बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्स् (नाटा), होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफिटिङ एजेन्सिज (नारा) र लगायत संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय ‘प्रडक्ट’समेत तयार भएको उल्लेख गर्नुभयो । उहाँले यसबाट दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा युएनडीपीसँगै, वल्र्ड बैंक, आइएफसी, युएस एड, एसएनभी, युएन हेबिट्याट, नेपालस्थित मलेसियन दूतावासलगायत संस्थाबाट प्रतिनिधिहरू सहभागी रहनुभएको थियो ।