पोखरा फाइनान्सद्धारा आजदेखि दुई नयाँ शाखा विस्तार

पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय स्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ ।

यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायतअन्यआधुनिक बैकिङ सेवाहरु प्रवाहगरिने वित्तीय संस्थाले जनाएको छ ।

Advertisement