March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ, दाहाल-नेपाल समूह

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ ।

Advertisement

बुधबारदेखि शुरू भएको चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत आज अपरान्ह एक घण्टा टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिँदैछ ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने बतायिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल- नेपाल समूह पुस ५ पछि आन्दोलित छ ।

संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।

भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता-कार्यकर्ताहरु रहने छन् ।यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।