March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पाँचौ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव चैत्रमा

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत्र महिनामा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आएको निफ यो वर्ष चैत्र १० देखि १४ सम्म आयोजना हुने भएको हो । काठमाडौंमा आयोजना हुने उक्त चलचित्र महोत्सव मा निफ चलचित्र छनौट समितिले ३८ देशको ८९ वटा चलचित्रहरू छनौट गरेको छ ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा ५५ देशका चार सय बढी फिल्महरुको आवेदन परेको थियो ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा ५० हजार नगद पुरस्कार सहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ । यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अवार्ड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने छ, भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पाठकद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

 

प्रेसविज्ञप्ती

मिति – २०७८ माघ ११

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौ संस्करण आगामी चैत्र महिनाको १०-१४ ( March 24-28 ) काठमाडौंमा आयोजना हुन गैरहेको जानकारी गराउन चाहन्छौ ।  यस् महोत्सबमा सहभागीताको लागि ५५ देश बाट ४०० बढी चलचित्रहरु प्राप्त भएकोमा सबै चलचित्रहरु राम्रा हुँदा हुँदै पनि हाम्रो समय र निस्चित गरिएको मापदन्डको पालना गर्दै निफ चलचित्र छनौट समितिले सिफारिस गरेको आधारमा आबेदन प्राप्त चलचित्रहरु मध्यबाट ३८ देशको ८९ वटा चलचित्रहरु छनौट गरिएको जानकारी गराउन चाहन्छौ । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा  अन्तर्गत  फिचर फिल्म, वृत्तचित्र र  सर्ट फिल्ममा चलचित्रहरुको आवेदन परेको थियो ।

आफ्नो निर्धारित कार्यक्रम अनुसार आज २५ जनवरी २०२२ ( ११ माघ २०७८) मा यो सुची जारी गरिएको हो ।

” बिश्वभरिका कथाहरुको उत्सब नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ” भन्ने नाराका साथ आयोजना भइरहेको निफको पाँचौ संस्करण यही १० देखि १४ चैत्र सम्म काठमाडौंमा हुन गईरहेको छ । ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा पचास हजार  नगद पुरस्कार सहितको “वेष्ट डकुमेन्ट्री अवार्ड” पनि थप गरिएको छ । यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५सय अमेरिकी डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्महरु मध्यबाट एउटालाई International Federation of film societies, IFFS Don Quijote Award  पनि प्रदान गरिनेछ । यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्रीअवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद र ट्रफी , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

अन्तमा, हाम्रो यस निफ महोत्सबलाई विश्वास गरेर आफ्नो अमुल्य सिर्जना पठाउनु हुने संसार भरिका चलचित्रकर्मिहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आगामी दिनमा पनि तपाईंहरुको यो विश्वास र सहयोगको अपेक्षा गर्दछौ ।

 

सम्पूर्ण फिल्मको लिस्ट यो लिन्कमा रहेको छ https://niff.org.np/downloadable/

केपी पाठक

अध्यक्ष

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान