नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उत्पदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ३ गतेदेखि २०७९ साल फागुन ३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ गरी सो रहम लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते बेलुका ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

Advertisement