सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा एचआईडीसीएल अब्बल

काठमाडौं । आज (सोमबार) सेयर बजारमा करेक्सन आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ बिन्दुमा झरेको छ ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०८ अंकले घटेर ५३८.४५ बिन्दुमा पुगेको छ ।

अज्ज कुल २२५ अम्पनीको एक करोड एक लाख ५ हजार ६६९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ३ समूहको मात्र सेयर मूल्य बढेको छ । आज लगानी, अन्य र माइक्रोफाइनान्स समूहको मात्र सेयरमूल्य बढेको छ । अन्य १० समूहको सेयर मूल्य घटेको छ ।

आज फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा उछाल आएको छ ।

यता, माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट लागत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमको आधारमा एचआईडिसिएलले सर्वाधिक कारोबार गरेको छ ।