झिनो अंकले बढ्यो नेप्से

काठमाडौं। साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार झिनो अंकले बढेको छ। यो साता लगातार ओरालो लागेको नेप्से आज ३.२९ अंकले बढेर २७ सय ७९.९३ विन्दुमा पुगेकाे छ।

आज झिनो अंकले नेप्से बढेपनि सेयर तथा कारोबार रकम दुवै खुम्चिएको छ। दुई सय २४ कम्पनीका ६६ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ३ अर्ब ३४ करोड २४ लाख बराबरको कारोबार भएको छ।

यसदिन विन नेपाल लघुवित्त र बुद्धमुमि नेपाल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै नेशनल लाइफ यन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ।

Advertisement