March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

यामाहाको ८५० सीसीको बाइक एमटी-०९! कस्तो छ फिचर र मूल्य?

काठमाडौं । नेपाली बजारमा बिग बाइकको रुपमा यामाहा एमटी ०९ बाइक केही समय पहिले भित्रिएको छ । नेपाली बजारमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले सो बाइक नेपाली बजारमा उपलब्ध गराएको हो ।

Advertisement

यामाहा एमटी ०९ मा ८४७ सीसीको थ्री सिलिन्डर, फोर स्ट्रोक लिक्विडकुल्ड, डीओएचसी इन्जिन छ, जसले ११५ पीएसको पावर र ८७.५ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकको लम्बाई, चौडाई र उचाई क्रमशः २०७५, ८१५ र ११२० एमएम रहेको छ । बाइकको सिटको उचाई ८२० एमएम छ । १३५ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो बाइकमा १४ लिटरको फ्यूल ट्यांकी राखिएको छ ।

यामाहा एमटी-०९

सन् २०१४ मा सार्वजनिक भएको एमटी ०९ एफजी ०९ को युरोपियन भर्सन थियो । यसमा एफजी ०९ को शक्ति र आक्रामकता दुवै थियो ।

६०० सीसी र एक हजार सीसीबीचको खाडललाई पुर्ति गर्न ल्याइएको यो नेकेड स्ट्रिट फाइटरले मोटरसाइकलप्रेमीमा नयाँ तरंग उत्पन्न गरेको थियो । यो मेसिन मोटो ट्रयाक, दैनिक आवगमन र स्पोर्टस् टुर सबैका लागि पनि उत्तिकै उपयुक्त छ ।

यसको मूल्य ३४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।