आठ किलो चरेससहित एकजना पक्राउ

दाङ । प्रहरीले आठ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रूकुमको चुनावाङका
दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो ।

जिप्रकाले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दैछ ।

Advertisement