April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

४ महिनादेखि दुई छोराहरु छाडेर श्रीमती ब्यपत्ता

काठमाडौं । मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलन ४ महिना अगाडी श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापाँगाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए ।

Advertisement

कार्यक्रममा बोल्दै गलैचा कारखानामा काम गर्ने भोलनले भने,‘सबै प्रहरी प्रशासनमा खबर गरेपनि अहिलेसम्म केही पत्ता लागेको छैन् । घरमा २ वटा छोराहरु छन्, उनीहरुको बिचल्ली भएको छ ।’ माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए । उनीहरुको एउटा ४ वर्ष र अर्को ६ वर्षको छोरा भएको पनि उनले जानकारी दिए । उनले श्रीमती तास खेल्ने र आफुले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए ।

असोज ३० गते चापाँगाउँबाट हराएर एक हप्ता पछाडी माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफुलाई फोन गरेर घर फर्कन्छु भनेर कमलाले आफुलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे । लामो सास फेर्दै भने,‘तर चाँडै नै घर आउछु भनेको बुढी आज सम्म पनि फर्केको छैन् ।

उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो अरु मलाई केही चाहिएको छैन् ।’ फोन गरेर सम्पुर्ण आफन्तलाई सोध्दा कसैले पनि उनको बारेमा आफुलाई केही नबताएको उनले बताए । उनले आफ्नो श्रीमती कसैसँग हिडेको कत्ति पनि आशंका नभएको समेत स्पष्ट पारे ।